गठबन्धनमा दम्भ देखियो, सम्मानजन भएन यसको हिसाब मिलान गर्नुपर्ने छ– रामकुमारी झाँक्री

सत्ताघटक एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले चुनावी गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन्।

माधवकुमार नेपाल नेतृत्वकाे समाजवादीलाई जिल्ला–जिल्लामा सत्ता गठबन्धन बाहिर राखेर कांग्रेस–माओवादीबीचमा मात्र गठबन्धन हुन थालेपछि झाँक्रीले रोदन गरेकी हुन्। उनले गठबन्धनभित्र रहेका दलहरूका बीचमा पनि हार्दिकतापूर्ण वातावरण नबनेको बताएकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्घनका दलहरूको विचमा हामीले आफै भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौ। हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो विचमा गठबंधनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ। बस !’

प्रकाशित मिति: : 2022-04-25 06:41:00

प्रतिकृया दिनुहोस्