कम्युनिस्टकाे किल्ला भनेर चिनिने रोल्पाको थवाङ गाउँपालिकाकाे अध्यक्ष पदमा दर्जित रोका मगरले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनकाे लागि लागि उनले आज (आइतबार) उम्मेदवारी दर्ता गरेका हुन्।
एकताको प्रतिकको रुपमा चिनिएको थवाङमा एकताको लागि अथक प्रयास गरे पनि सफल हुन नसकेकोले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको रोका मगरले बताए। रोका मगरको मनोनयनमा आलोककुमार शाह प्रस्तावक थिए भने समर्थकमा वसन्त रोका मगर थिए।
नेकपा (माओवादी केन्द्र)ले ऋषिकेशव बुढालाई उम्मेादवार सिफारिस गरेको छ भने नेपाली काँग्रेसबाट खरिलाल डाँगी र नेकपा एमालेबाट रविन्द्र रोका मगरको उम्मेनदवारीका लागि सिफारिस भइसकेकाे छ।