कैलालीका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न भएकाे आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
जानकी गाउँपालिका– ९ घर भएका दासको हत्यामा संलग्न भएकाे आराेप उनीहरूलाई रुपन्देहीको बेलहियाबाट बिहीबार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
पक्राउ पर्नेमा जानकी–९ घर भएका १९ वर्षका मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, बमबहादुर बोहोरा उर्फ बमे र रोन परियार उर्फ दिलिप दास छन्। पक्राउ परेका उनीहरूलाई शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएकाे हाे।
टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक वनमा पुस ३ मा अर्जुनको शव भेटिएको थियो।