महाकुम्भबाट फर्किएको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु (नामावलीसहित)

Break n Links
Break n Links

भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटनामा परेको छ।

शनिबार महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ भने, ४ जना घाइते भएका छन्। सबैजना जनकपुरका रहेको बताइएको छ।

भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।

मृत्यु हुनेहरूमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ। त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन्।

बाइकलाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भइ ५ पटक सडकमा पल्टिएको प्रत्यक्षदर्शीको भनाई छ।

भिडियो-

प्रकाशित मिति: : 2025-02-01 20:24:00

प्रतिकृया दिनुहोस्