नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्य बढेको जनाउँदै निगमले फेरि मूल्य बढाएको हो।
निगमले आजै मध्यरातदेखि लागू हुनेगरी मूल्य पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४-४ रुपैयाँ बढाएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्छ। डिजेल र मट्टितेल प्रतिलिटर १६०-१६० रुपैयाँ पर्छ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ। हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४३ अमेरिकी डलरले बढाइएको छ। यसअघि निगमले माघ २ गते राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ र डिजेल-मट्टितेलमा ३-३ रुपैयाँ बढाएको थियो।
भारतीय आयल कर्पोरेशनबाट मूल्य बढेर आएकाले आन्तरिक बजारमा पनि सोहीअनुसार समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।