अध्यादेश भन्दैमा गलत नै हुन्छ भन्ने छैन : महामन्त्री शर्मा

Break n Links
Break n Links

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश भन्ने बित्तिकै सबै गलत नै हुन्छ भन्ने भाष्य सहि नभएको बताएका छन्।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानीमा गर्दै उनले अध्यादेशको कन्टेन्टको आधारमा विरोध र समर्थन गर्नुपर्ने बताए।

उनले विगतमा कांग्रेसले प्रतिपक्षमा रहेर पनि सरकारले ल्याएको विधेयकलाई सहज रुपमा स्वीकार गर्दै पारित गर्न सघाएको उल्लेख गर्दै कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि विरोध गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘अध्यादेश हो भन्ने बित्तिकै गलत हुँदैन। विधेयक हो भन्नेबित्तिकै सही नै हो भनिहाल्नुपर्छ भन्ने पनि हुँदैन। अध्यादेश विगतमा हामीले विरोध गरेका थियौँ, अहिले बोलेन भन्ने कुरा पनि छ।’

प्रकाशित मिति: : 2025-01-31 18:14:00

प्रतिकृया दिनुहोस्