गत २४ घन्टामा थप २२ जनामा सङ्क्रमण पुष्टि

file photo
file photo

देशभर पछिल्लो २४ घण्टामा २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार १४४ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या  नौ लाख ७८ हजार ५९३ पुगेको छ। एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १५० रहेको छ।पछिल्लो समय थप ४६ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७४  पुगेको छ ।यो दर ९८ दशमलव ७ प्रतिशत  रहेको पनि मन्त्रालयले जनाएको छ। 

पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन। नेपालमा यस रोगबाट हालसम्म  मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ। त्यसैगरी पछिल्लो समय १५ हजार ३५५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५३६ रहेको छ।

अहिले होम आइसोलेशनमा ५४४  रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेशनमा २४ आइसीयुमा ११ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन्।

प्रकाशित मिति: : 2022-04-11 17:47:00

प्रतिकृया दिनुहोस्