त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल हुँदै जापान जान लागेकी एक युवतीको साथबाट प्रहरीले अत्याधुनीक हतियारको गोली बरामद गरेको छ।
सोमबार नेपाल एअरलाईन्सको बिमानबाट मेलेसिया हुँदै जापान जान लागेकी तनहुँको भानु नगरपालिका– ७ की २७ वर्षीया सोबिता नेपालीको साथबाट एक थान गोली बरामद भएको बिमास्थल प्रहरीले जनाएको छ।
जाँच गर्ने क्रममा नेपालीको झोलामा केएफ– १३ ५ ५६ नम्बर लेखिएको एक राण्ड फेला परेको प्रहरीले जनाएको छ।
गोलीसहित पक्राउ परेकी नेपालीलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखी आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।