फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रति लिटर १६० रुपैयाँ

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ।

निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको जनाएको छ।

पेट्रोलको मूल्य प्रति लिटर एक सय ६० रुपैयाँ पुगेको छ। डिजल र मट्टितेलको मूल्य प्रति लिटर एक सय ४३ रुपैयाँ पुगेको छ। यसअघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुगेको छ।

आयल निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ।

मूल्यवृद्धि गर्दा पनि आगामी एक महिनामा करिब नौ अर्ब २७ करोड नोक्सानी हुने निगमले जनाएको छ। सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-06 07:25:00

प्रतिकृया दिनुहोस्