बैतडीमा म्यादी प्रहरीको कोटा थप गरिएको छ। यसअघि जिल्लामा ८सय १५ जनाको लागि परिक्षा लिइएकोमा अन्तीममा आएर कोटा थप गरिएको हो।
प्रहरी प्रधान कार्यालयबाटै अहिले १हजार ५१जना छनोट गर्न जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यसअघि ८सय १५ जनाका लागि परिक्षा हुदाँ १हजार ५२जनाले लिखित सम्मका सबै परिक्षा पास गरी अन्तरवार्ता दिएका थिए।
सोमबार कोटा थप भएको जानकारी आएसंगै लिखित परिक्षाबाट वैकल्पीकमा रहेका व्यक्तिहरुलाई समेत अन्तरवार्ताका लागि बोलाइएको छ। लिखितको योग्यता क्रममा रहेका १२४ जनाको मंगलबार अन्तरवार्ता लिइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक बोधराज ओझाले बताए।
उनले भने,‘हामीले लिखित परिक्षामा ल्याएको नम्बरका आधारमा उनिहरुलाई अन्तरवार्ताका लागि बोलाएका छौँ। यसअघि लिइएको अन्तरवार्ताको नतिजा र भोली लिइने अन्तरवार्ताको नतिजा एकै पटक अन्तीममा प्रकाशित गर्ने छौँ।’