बानाको निर्वाचनमा आशा गरेभन्दा कम मतदान, ६३% मात्र खस्यो मत

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अमेरिकाको बाल्टिमोरका नेपालीहरूको संस्था बानाको केहीबेर अघि सम्पन्न निर्वाचनमा ६३% मत खसेको छ । निर्वाचन समितिका एक सदस्यका अनुसार कूल २२६३ मतमध्ये १४२२ मत मात्र खसेको छ भने ८४१ मतदाता अनुपस्थित भएका छन्।

बानाको २०२२- २५ कार्यसमितिका लागि आज विहान ८ बजेदेखि साँंझ ६ बजेसम्म बाल्टिमोरमा निर्वाचन भएको थियो । निर्वाचनमा वर्तमान अध्यक्ष सुवोध विलास पन्त र वरिष्ठ उपाध्यक्ष हिरा लाल गुरूङ प्यानल बनाएर भिडेका थिए।

मतदान अपेक्षा गरेभन्दा निकै कम भएको पाइएको छ। दुबै पक्षले यसलाई अप्रत्यासित मानेका छन्। 

कम मत खस्दा कुन पक्षलाई फाइदा हुन्छ, त्यसको आ-आफ्नै किसिमको आँकलन गरिएको छ। दुबै पक्षका चुनावी रणनीतिकारहरूले आ-आफ्नो पक्षलाई फाइदा हुने दाबी गरिरहेका छन्। 

निर्वाचनमा कम मत खस्नुको मूल कारण उम्मेद्वारहरूले बनाएका मतदाता नआएर भएको एक सामाजिक अभियन्ताले बताए। कतिपय मतदाताहरू राज्य बाहिरका भएको र मतदान गर्न आउँदा विवाद हुन सक्ने भएको ठानेर उनीहरू सहभागी नभएको उनको आँकलन छ।

यसैबीच निर्वाचनको मतगणना सुरू भैसकेको निर्वाचन समितिका एक सदस्यले बताएका छन्। उनका अनुसार चार ठाउँमा राखेर मतगणना भैरहेको छ। ढिलोमा अमेरिकी पूर्वी समयअनुसार राती ११ बजेसम्ममा परिणाम आइसक्ने उनले अनुमान गरेका छन्। 

निर्वाचनमा कम मत खस्नुको मूल कारण उम्मेद्वारहरूले बनाएका मतदाता नआएर भएको एक सामाजिक अभियन्ताले बताए। कतिपय मतदाताहरू राज्य बाहिरका भएको र मतदान गर्न आउँदा विवाद हुन सक्ने भएको ठानेर उनीहरू सहभागी नभएको उनको आँकलन छ।

दुई पक्षबीच प्रतिष्ठायुद्धको रूपमा भएको निर्वाचनमा मेरिल्याण्ड बाहिरका मतदाताले मत दिन पाउँने कि नपाउँने भनेर विवाद पनि भएको थियो । र, त्यसमा निर्वाचन समितिले गरेको व्यवाख्यालाई लिएर हिरा गुरूङ पक्षले असहमति जनाएको थियो। 

प्रकाशित मिति: : 2022-04-04 06:26:00

प्रतिकृया दिनुहोस्