जुम्लामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

File Photo
File Photo

जुम्ला सिंजा गाउँपालिकाको नराकोटमा ट्या्क्टरको ट्रलिबाट खरेर घाइते भएका २२ वर्षीया सन्तोष नेपालीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।

चन्दननाथ– ७ मिचा गाउँका नेपाली ट्रलिबाट खसेपछि हिमासम्म ट्याक्टरमै ल्याइएको थियो। घाइतेलाई हिमाबाट एम्बुलेन्समा अस्पताल पुर्‍याइएको थियो।

शनिबार राति ७ बजे अस्पताल पुराइएका घाइते नेपालीको उपचारका क्रममा मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-03 09:31:00

प्रतिकृया दिनुहोस्