जावलाखेलमा सुरू भयाे २३औँ फ्लाेरा एक्स्पाे (तस्विरहरू)

शनि शाक्य

ललितपुर

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा आजदेखि ‘२३औँ फ्लाेरा एक्स्पाे’ सुरू भएकाे छ।

ललितपुरकाे जावलाखेलमा सुरू भएकाे एक्स्पाेकाे बागमति प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री इन्द्रमाया गुरूङले शुभारम्भ गरेकी हुन्।

आइतबारसम्म चल्ने मेलामा अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ वटा र व्यवसायिक स्टलका लागि ५६ वटासहित जम्मा ६२ वटा स्टल रहेका छन्। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ एक्स्पा सुरू भएको हाे।

मेलामा मौसमी फूल, विभिन्न बोट विरूवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन्।

प्रकाशित मिति: : 2022-03-24 14:19:00

प्रतिकृया दिनुहोस्