सल्यानको कालिमाटी गाउँपालिकामा तोडफोड, लघुवित्तबाट ३ लाख चोरी

सल्यानको कालिमाटी गाउँपालिकामा तोडफोड हुनुका साथै पालिका नजिकै रहेको एक लघुवित्तमा चोरी भएको छ।

गएराति अज्ञात समूहले गाउँपालिकामा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

‘विशेष गरेर गाउँपालिकामा सीसी टिभि तोडफोड गर्नुका साथै कार्यालयका ढोकाहरु पनि तोडफोड भएको छ,’ सल्यान प्रहरीका सई जिवी मल्लले भने, ‘अन्य के भएको रहेछ। बुझ्दै छौँ।’

उनका अनुसार अज्ञात समूहले नजिकै रहेको जाल्पा जाल्पा सामुदायिक लघुबित्तबाट ३ लाख रुपैयाँ चोरी गरेको छ। ती तिमूहहरुले कालिमाटीस्थित पुतलीबजारमा केही पसलमा समेत चारी गरेको जानकारी आएको मल्ले बताए।

सोही विषयमा अनुसन्धानका लागि अहिले प्रहरी परिचालन भएको छ। साथै तोडफोड गर्ने समूहको खोजिकार्य भइरहेको छ।

प्रकाशित मिति: : 2022-02-25 15:12:00

प्रतिकृया दिनुहोस्