बर्दिया प्रहरीले बेपत्ता बालिकाको भारतको लखनाउबाट उद्धार गरेको छ।
यहि फागुन ६ गते बर्दियाको मधुवन नगरपालिका ९ बस्ने एक १६ वर्षीया बालिका घरबाट बेपत्ता भएकी थिइन्।
बेपत्ता भएको खबरपछि खटिएको प्रहरी टोलीले बालिकालाई बुधबार भारतको लखनउबाट उद्धार गरेको बर्दिया प्रहरीका निमित्त कार्यालय प्रमुख हेमबहादुर शाहीले जानकारी दिए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।
यसैबीच दाङमा बहुविवाह मुद्धाका फरार एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ।
प्रक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १ निवासी २४ वर्षीय यादव विसी रहेका छन्।
उलाई गएको कार्तिक ७ गते बहुविवाह मुद्धामा ११ महिना १७ दिन कैद सजाय फैसला भएको थियो। सोही समयदेखि फरार रहेका विसीलाई विहीबार प्रहरीले गाउँबाटै पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई बिहीबार नै दाङ जिल्ला अदालत घोराहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।