नेपाली कांग्रेस भूमिकास्थानको पार्टी कार्यालय स्थापना गरिएको छ। भूमिकास्थान नगरपालिकाको वडा नम्बर ८ नुवाकोटमा पार्टीको नगर कार्यालय स्थापना गरिएको हो।
कार्यालयको पार्टीका लुम्बिनी प्रदेश सहमहामन्त्री तथा पूर्व पार्टी सभापति विष्णुप्रसाद खनाल मुस्कान उद्घाटन गरेको कांग्रेस नेतृ सङ्गीता घिमिरेले जानकारी दिइन्।
कार्यालय स्थापनासँगै आगामी निर्वाचनको लागि तयारी सुरु गरिएको पार्टी नगर सभापतिसमेत रहेका भूमिकास्थान नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्वासेले जानकारी दिए।
आगामी निर्वाचनमा नगरमा आफूहरूले जित्ने आधार तयार भइसकेको दाबी गर्दै बेल्वासेले आफूहरू चुनावको तयारीमा होमिएको समेत बताए। हरिप्रसाद भुसाल