दाङमा टिकटक बनाउन जंगलमा गएका दाजुबहिनी अपहरणमा परेर बचेका छन्।
तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ नजिकै सालका रुखहरु भएको जंगलमा टिकटक बनाउन गएका सल्यान घर भई तुलसीपरमा अध्ययन गर्ने दाजुबहिनी अपहरणमा परेर बचेका हुन्।
तुलसीपुर यसै अपराधिक घटना हुने ठाउँका रुपमा परिचित छ।
तुलसीपुरका प्रतिष्ठित व्यापारी बुटवल बस्त्रालयका सञ्चालक राजकुमार श्रेष्ठको अहपहरण (०७३) गरेर हत्या गरेको घटना त्यति पूरानो भएको छैन।
प्रहरीले समयमै खबर पाएर यस पटक भने अप्रिय घटना हुनबाट बचाएको छ।
यस्तो छ घटना
यहि फागुन ९ गते हिजो (सोमबार) सल्यान बागचौर नगरपालिका वडा नं. ९ बस्नेवटा घर भई हाल तुलसीपुर उपमहनगरपालिका वडा नं. ९ बेलुवास्थित कोठा भाडामा बस्ने १९ वर्षीय ललित वली र उनकी बहिनी मनिषा वली जंगलमा टिकटक बनाउन गएका थिए। उनीहरु दिउँसोको करिब २ बजे जंगलमा टिकटक बनाउन गएको समयमा दुई जना युवकहरु मोटरसाइकलमा आए।
ती युवकहरु थिए तुलसीपुर उपमहानगरपालीका वडा नं. ३ दमारगाउँ बस्ने बर्ष २१ का निशान शाही ठकुरी र वडा नं. ९ बस्ने बर्ष २४ का दुर्गेश शर्मा। उनीहरुले टिकटक बनाइरहेका दाजुबहिनीमध्ये दाजु ललित वलीलाई बोलाए।
यहाँ आउ भनेर ती युवकहरुले बोलाएपछि ललित वलीले किन हो? के काम छ? मात्र के भनेका थिए ती युवकहरुले तँ बढी बोल्ने भन्दै ललित वलीलाई थर्काउन थाले। साथै उनीहरुले ललितलाई मोटर साईकलमा राखेर जंगलतर्फ लगिहाले।
बहिनी मनिषालाई भने उनीहरुले केही गरेनन्। दाईलाई लगेपछि मनिषाले दाईका साथी रमन डाँगीलाई फोन गरेर आफ्नो दाईलाई अपहरण गरेर केटाहरुले जंगलतर्फ लगेको बताइन। अनि रमन आफूले प्रयोग गर्ने रा ६ प ४५६० नम्बरको मोटरसाईकल चढेर उनीहरु भएको ठाउँमा आए।
तर मोटरसाइकलमा लगेका ललितलाई ती युवकहरुले रमन पुग्दा सोही ठाउँमा ल्याएका थिए। रमन टिकटक बनाउने जंगलमा पुग्ने समयमा ललित र ती युवकहरु पनि त्यहि थिए। पछि रमनले ती युवकहरुलाई भाईलाई बलजफती गरी मोटरसाईकलमा राखि लिनुभएको हो? के भनेका थिए। फेरि अपहरण गर्ने ती दुई निशान र दुर्गशले रमनलाई अश्लिल शब्द प्रयोग गरेर गाली गलोज र कुटपिट गर्न थाले।
रमनलाई उनीहरुले मोटरसाइकलमा बसाएर जंगल तर्फ लगे। उनीहरुले रमनको हातमा भएको बाइकको चाँवी पनि खोसेर लगे।
सोही समयमा दाजु ललितले प्रहरीलाई फोन गरेर केटाहरुले आफ्नो दाईलाई लगेको बताए। त्यसपछि ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट प्रहरी टोली उनीहरुको खोजिका परिचालन भयो।
तुलसीपुरको प्रहरी टोलीले साँझ सवा ६ बजेमात्र तुलसीपुर ३ दमार गाउँबाट अहपरणमा परेका रमनलाई तुलसीपुर ८ गते खोला पुलको करिब ३०० मिटर उत्तर खेतमा फेला पर्यो। बारीमा रमनलाई युवाहरुको समूहले घेराबन्दी पारेको अवस्थामा फेला पारी उद्धार गरेको प्रहरीले जनाएको छ।
अपहरणको अरोपमा ५ जना पक्राउ
प्रहरीले रमनको अपहरणको अरोपमा ५ जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तुलसीपुर उप-महानगरपालिका वडा नं. ३ बस्ने बर्ष १९ का निशान शाही ठकुरी, सोही ठाउँ गहते बस्ने बर्ष २४ का सुमित भण्डारी, वडा नं. ९ बस्ने बर्ष २३ का प्रेम डाँगी, ८ बस्ने बर्ष २१ का कमल वि.क, ९ बस्ने बर्ष २४ का दुर्गेश शर्मा रहेका छन्।
साथै सोही घटनामा संलग्न तुलसीपुर उप९महानगरपालिका वडा नं. ८ नयाँ बस्ती बस्ने बर्ष अन्दाजी वर्ष २० का बिशाल सुनार फरार रहेको प्रहरीले जनाएको छ। उनको पनि खोजि कार्यभइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
साथै उनीहरुलाई अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। प्रहरी कहाँ पीडितहरुले आफूहरुलाई कुटपिट गरी अपहरण तथा शरिर बन्धक गरेको भनि जाहेरी दरखास्त दिएका छन्।