वकीलहरुको दक्षता, योग्यता वृद्धि गर्नुपर्ने अवस्था छ : महान्यायाधिवक्ता खाती 

महान्यायधिवक्ता खम्मबहादुर खातीले सरकारी वकीलहरुको दक्षता, योग्यता बढाउनु पर्ने अवस्था आएको बताएका छन्।

सरकारी वकील कार्यालय दाङको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका महान्यायाधिवक्ता खड्काले सो कुरा बताएका हुन्।

उनले सरकारी वकीलहरुलाई विश्वस गरेर जनताको चाप बढे अनुसारको वकिलहरुले पनि आफूलाई कार्यक्षमतामा निखार्ता ल्याउनु पर्ने बताए।

'जनताले सरकारी वकीलहरुलाई जुन किसिमको विश्वास गरेर आउने क्रम बढेको छ। यो विश्वास अनुसार म सरकारी वकीलहरुलाई के भन्न चाहन्छु भने हामीहरुको कार्यक्षमता, दक्षता, योग्यतालाई पनि वृद्धि गर्नुपर्ने अवस्था छ', महान्यायाधिवक्ता खातीले भने।

उनले जनताको चाप अनुसार सरकारी वकीलहरु पनि निकै न्यून रहेको बताए। हामीसँग जनशक्ति अत्यन्तै कम छन्। २० हजार बढीको संख्यामा निजी वकीलहरु छन्। १३ हजार जति कानुन व्यवसायीहरु छन्।

उनले भने, 'तर सरकारी वकीलहरु अत्यन्तै न्यून मात्रामा छन्। जसले मुद्दाको चाप अत्यन्तै बढ्ने तर वकीलहरुले अध्ययन गर्नका लागि पनि समय नपाउने अवस्था छ।'

उनले करिब ५०० जति सरकारी वकीलले  १३ हजार कानुन व्यवसायीसँग प्रतिस्पर्धा गरिरहनु परेको बताए। यस्तो जटिल अवस्थालाई सहज बनाउन राज्यले भूमिका खेल्नु पर्ने धारणा राख्दै उनले त्यसका लागि आफूले नीति निर्माण तहमा पहल गर्ने बताए।

यस्तै उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधिवक्ता निता गौतम दिक्षितले अहिले अपराध गर्ने शैलीहरु परिवर्तन भइरहेको भन्दे सोही अनुसार वलिकहरुले पनि आफ्नो कार्य क्षमता बढाउनु पर्ने बताइन्।

चार करोड १३ लाखमा बन्यो भवन

जिल्ला सरकारी वकील कार्यालय दाङको नयाँ भवनको उद्घाटन गरिएको छ। नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाको अध्यक्षतामा मंगलबार भवनको उद्घाटन गरिएको हो। ४ करोड १३ लाख ८५ हजार ८ सय १४ रुपैयाँमा बनेको भवन बनेको हो।

०७६ साल पुस १६ गतेबाट निर्माण सुरु भएको भवनको निर्माण सम्पन्न सम्झौता मितिको २ महिना अगावै भएको थियो। भवनको निर्माणको जिम्मा खड्का तिरुपाते बंगलामुखी जेभीले लिएको थियो। काम समयमै सकेको भन्दै निर्माण कम्पनीलाई सरकारी वकिल कार्यालय दाङले सम्मान समेत गरेको छ।

कम्पनीका प्रमुख प्रविन कुमार भण्डारीलाई मंगलबार भवनको उद्घाटन समारोहमा दोसल्ला ओढाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियो।

प्रकाशित मिति: : 2022-02-22 14:33:00

प्रतिकृया दिनुहोस्