कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

File Photo
File Photo

कपिलवस्तुको बाणगंगा नगरपालिका–११ ओदारीमा सोमबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानिय ४० बर्षीय पटहरी थारु रहेका छन्।लु ४ प ४३४६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थारुको उपचारको क्रममा बुटवल स्थित क्रिमशन अस्पतालमा सोमबार राती साढे ९ बजे मृत्यु भएको हो।जितपुरबाट तौलिहवा तर्फ जाँदै गरेको मोटरसाइकलले हिजो बेलुकी पौने ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो।    


 

प्रकाशित मिति: : 2022-02-22 11:53:00

प्रतिकृया दिनुहोस्