बाक्सिलामा गुम्बा शिलान्यास 

खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा गुम्बा शिलान्यास गरिएको छ।

साँढे तीन करोडमा बन्ने छ्याजोलो रेन्छेन छेवालिङ बौद्ध गुम्बा शनिबार प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईले शिलान्यास गरेका छन्।

गाउँपालिकाको केन्द्र बाक्सिला बजारमा रहेको पुरानो र सानो गुम्बाको ठाउँमा ठूलो र व्यवस्थित गुम्बा बनाउन लागिएको हो। गुम्बा निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्ने र डिपिआर तयार पारेर निर्माणको काम सुरु गरिने छ्याजोलो रेन्छेन छेवालिङ बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मनकुमार गुरुङले बताए। 

नवनियुक्त मन्त्री राईलाई सम्मान 

गाउँपालिकाको केन्द्र बाक्सिलामा बौद्ध गुम्बा शिलान्याससँगै नवनियुक्त मन्त्री राईलाई सम्मान कार्यक्रम राखिएको थियो। केपिलासगढी गाउँपालिका–३ बासपानी घर भएका नवनियुक्त मन्त्री राईलाई विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकले फेटा, दोसल्ला र खादा ओढाएर सम्मान गर्दै बधाई दिएका छन्। 

प्रकाशित मिति: : 2022-02-19 19:39:00

प्रतिकृया दिनुहोस्