धादिङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

File Photo
File Photo

धादिङ्गको सिद्धलेक गाउँपालीका–१ बुङचुङमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका–१ का अन्दाजी ५० बर्षीया मुक्ति प्रसाद सिग्देल रहेका छन्।नालाङबाट फुर्केखोला तर्फ जादैँ गरेको बा ३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो।मृतक नेपाल प्रहरीबाट सेवा निवृत्त प्रहरी निरीक्षक रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2022-02-18 13:36:00

प्रतिकृया दिनुहोस्