कास्की प्रहरीले हराएको एक लाख रुपैयाँ फेला पारेर धनीलाई बुझायो

जिल्ला प्रहरी कार्यालय कास्कीले हराएको एक लाख रुपैयाँ फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ।

पोखरा-१७ बिरौटा निवासी कृष्णबहादुर क्षेत्रीले हराएको सो रकम प्रहरीले फेला पारेर फिर्ता गरेको हो।

फागुन ३ गते पोखरा-१० स्थित रहेको शारदा पेट्रोल पम्पमा डिजल हाल्ने क्रममा ग १ ख ७२३२ नम्बरको को टिप्परबाट एक लाख नगद खसेको भन्ने व्यहोराको निवेदन प्राप्त पश्चात वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले सिसिटिभी फुटेजको आधारमा खोजतलास गरी उक्त रकम फेला पार्न सफल भएको थियो।

रकम फेला पारेर आज सम्बन्धित धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित मिति: : 2022-02-17 20:11:00

प्रतिकृया दिनुहोस्