एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बुधबार बेलुका एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

दुर्घटनामा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ बर्षीय तेजनारायण महतोको मृत्यु भएको हो।

गौशालाबाट रामनगरतर्फ जाँदै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको स १ च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका उनलाई उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

बुधबार बेलुका पौने ८ बजे भएको सवारी दुर्घटनामा संलग्न एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2022-02-17 11:32:00

प्रतिकृया दिनुहोस्