बालाजुमा मिनिबसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु

File Photo
File Photo

काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ। बिहीबार विहान करिब ५ बजेर ५५ मिनेटमा बसले दुई जनालाई किचेर फरार भएको प्रहरीले जनाएकाे छ।

मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५० वर्षीया महिला छिन्।

बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो। बसको नम्बर खुल्न सकेको छैन।

प्रकाशित मिति: : 2022-02-17 09:31:00

प्रतिकृया दिनुहोस्