दाङमा घाँटी रेटेर आफ्नै छोराले गरे बुवाको हत्या 

दाङमा आफ्नै छोराले बुवाको घाँटी रेटेर हत्या गरेका छन्।

शान्तिनगर गाउँपालिका ३ स्थित चिराघाट बेलडाँडा बस्ने ६३ कर्षका कर्ण बहादुर मगरलाई आफ्नै कान्छो छोरा १९ वर्षीय गोपाल मगरले हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार गोपालले आज दिउँसो करिब १ बजे घरमै चक्कुले घाँटी रेटेर हत्या गरेका हुन्।

हत्या गरेको सूचनापछि ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको टोलीले उनलाई पक्राउसमेत गरेको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी रिजालले बताए।

प्रकाशित मिति: : 2022-02-16 18:04:00

प्रतिकृया दिनुहोस्