नेपालमा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा नौ हजार ७५६ नमुना परीक्षण गर्दा ६३९ जनामा कोरोना पोजेटिभ देखिएको हो।
६ हजार ७८२ नमुनाको पीसीआर परीक्षण गर्दा ५४८ जनामा र दुई हजार ९७४ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले जानकारी दिइन्।उनका अनुसार योसँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ।
पछिल्लो २४ घण्टामा एक हजार ६०० जना कोरोना संक्रमणमुक्त हुँदा तीन जनाले ज्यान गुमाएका छन्। यस्तै पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार १०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।