उर्लाबारीमा सुविधा सम्पन्न मन्टेश्वरी खुल्दै

काेराेना महामारीबाट सबैभन्दा बढी प्रभावित भएकाे मध्ये शिक्षा क्षेत्र पनि एक हाे। जसका कारण धेरै विद्यार्थीहरू शिक्षाबाट बञ्जित हुनु परेकाे छ। अहिले अधिकांस विद्यार्थीलाई विद्यालय नाैलाे बन्न पुगेकाे छ।

तर, यही बेला घरकाे जस्तै प्रत्याभूत हुने गरी बालबालिकालाई सिकाइमा तल्लिन गराउन उर्लाबरीमै फरक खालकाे मन्टेश्वरी शिक्षालय तयार भएकाे छ।

उर्लाबारी– ७ को पशुपतिमार्गको बीच खण्डमा करिब अढाइ कट्ठा क्षेत्रफलमा मन्टेश्वरी खुल्न लागेको हो। ‘संस्कार पनि शिक्षा पनि’ भन्ने उदघोषसहित ‘संस्कार पाठशाला’ नामकाे मन्टेश्वरी शिक्षालय खुल्न लागेकाे हाे। जसकाे अहिले धमाधम निर्माण कार्य भइरहेकाे छ।

'हाल द्रुतगतिमा संरचनाहरु निर्माण भैरहेका छन्,' सञ्चालक महेन्द्र खुलालले भने,'आगामी नयाँ वर्षकाे अवसर पारेर कक्षाआरम्भ हुन्छ।'

प्रारम्भमा करिब एक करोड खर्चिएर भौतिक संरचना बनाइएको सञ्चालक खुलालले बताए। उनकाअनुसार वतानुकुलित कक्षा कोठा, स्मार्ट बोर्डसहितका कोठाहरु मन्टेश्वरीमा रहने छन्।

विद्यार्थीले खेल्दै/पढ्दै गर्ने शैलीमा अभ्यास गराइने पनि खुलालले जानकारी दिए।

मन्टेश्वरी हातामा सांस्कृतिक संग्राहलय पनि हुनेछ। जसले बालबच्चालाई लोप हुँदै गएका धेरै वस्तुबारे जान्न मद्दत पुर्‍याउने उनको विश्वास छ।

‘दूध केले दिन्छ बाबु ?’ भनेर सोध्दा कुनै बच्चाले गाईभैंसी सम्झिने अवस्था छैन, सहरका बच्चाले दूध ट्यांकरबाट झरेको देखेका छन्। यथार्थ बुझाउन हामी तल्लिन छौ,’ खुलालले भने।

जहाँ डिजिटल युगमा हलो, ठेकी मदानी, ढिकी, जाँतोजस्ता हराउँदै गएका सामग्रीहरु संग्रह गरेर राखिनेछ। मन्टेश्वरी ल्याबका सामग्रीहरु हुने नै भए यसका अलवा संस्कार मन्टेश्वरी एक केयर सेन्टरका रुपमा रहने बताइएको छ।

गैरअभिभावकले पनि निश्चित दिनका लागि आफ्ना छोराछोरी सो पाठशालामा भर्ना गर्न सक्नेछन्। जस्तो: कुनै काम विशेषले घरबाहिर जानुपर्दा अभिभावकले आफ्ना बच्चालाई एक वा केही दिनका लागि केयरका लागि संस्कार पाठशालामा राख्न सक्नेछन्।

बजारकै बीचमा भए पनि कोलाहलमुक्त वातावरणमा पाठशाला भवन रहनु यसको खास विषेशता हो। चारकिल्लाका घरमा भवन बैंक तथा वित्तीय संस्थाहरु रहेकाले मन्टेश्वरीलाई कुनै दख्खल नपर्ने देखिएको खुलाललको दाबी छ। 

लगानी नै गर्दा अरु पनि विकल्पमा जान सकिन्थ्यो तर २०औँ वर्ष शिक्षा क्षेत्रमै बिताएकोले यसैमा थप परिस्कृत गर्ने हुटहुटी चलेको खुलाल सुनाउछन्। भन्छन्,‘पहिलो त उर्लाबारी क्षेत्रमै सर्वोत्कृष्ट मन्टेश्वरी खोलौ भन्ने हाम्रो सोच हो। जसलाई मुर्तरुप दिन तल्लीन छौँ।’

निजी विद्यालयले गति लिदै जाँदा कक्षाका तहहरु बढाइदै जाने प्रवृति जताततै छ। तर, मन्टेश्वरीमै आफूहरु सिमित रहने उनी बताउँछन्। जग बलियो होस् भनेर कक्षम १ मै सिमित पाठशाला खोलिएको खुलालले बताए।

दुई वर्षदेखि ६ वर्षका्र बच्चाहरु पारिवारिक वातावरणमै अध्ययनमै अभ्यस्त रहने छन्। पाठशाला हाताको मनोरम फोहोरामा उनीहरु रम्नेछन्। अन्य खेल सामग्रीमा झुम्ने छन्। ९:३० देखि ३:३० सम्म संचालन हुने भए पनि अतिरिक्त  बोर्डस पनि संस्कार पाठशालाले उपलब्ध गराएको छ।

सो मन्टेश्वरीमा स्वास्थ सेवासहित पोषणयुक्त, स्वस्थकर र सन्तुलित भोजन पाठशालाकै भान्सामा विद्यार्थीहरुलाई उपलब्ध हुनेछ।

खुलाललका अलवा शिक्षासेवी अमर काफ्ले, कुबेर न्यौपाने, पर्वत थापा र निरञ्जन कोइराला संस्कार पाठशालाका संचालक रहेका छन्।

प्रकाशित मिति: : 2022-02-04 12:30:00

प्रतिकृया दिनुहोस्