सरकारले खाडी मुलुकमा भ्रमण (भिजिट भिसा) मा जाने नेपालीहरूलाई राेक लगाएकाे छ।
कोभिड-१९ काे आमिक्राेन भेरियन्टकाे संक्रमण फैलिरहेकाे बेला विदेश गएर नेपालीहरु अलपत्र परेको गुनसो आउन थालेपछि सरकारले खाडी मुलुकमा भ्रमणमा जाने नेपालीलाई प्रतिबन्ध लगाएको हाे।
गृहमन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै माघ १० गतेदेखि लागुहुने गरी अर्काे आदेश जारी नभएसम्मकाे लागि त्यस्ता मुलुकमा जान राेक लगाएकाे हाे।