सामाजिक सञ्जालकाे दुरुपयोग: परिणाम गम्भीर

Breaknlinks
Breaknlinks

एक्काइसौं शताब्दीको सुरुआत अनि आधुनिक प्रविधिको तीव्र विकाससँगै इन्टरनेटको प्रयोग गरी सञ्चालन हुने सामाजिक सञ्जालको प्रयोग नेपालमा दिनानुदिन बढ्दो क्रममा रहेको छ।

हिजो–आज सामाजिक सञ्जाल प्रयोग हाम्रो दैनिक जीवनको एक अभिन्न अंगको रुपमा स्थापित भइसकेको छ। घरको गृहिणी, स्कुले विद्यार्थी, स–साना बालबालिका, सरकारी कर्मचारी एवम् निजी कार्यालयका कर्मचारी, कलाकारदेखि सबै सामाजिक सञ्जालमा आफ्नो महत्वपूर्ण समय खर्चिरहेका हुन्छन्। उनीहरु सबैले सामाजिक सञ्जाल एउटा नशाको रुपमा प्रयोग गरिरहेका हुन्छन्। त्यो एउटा नशा हो, त्यो नशापछि कसरी बाँच्ने छटपटी हुन्छ। एकैछिन इन्टरनेट भएन भने अब के गर्ने, कसो गर्ने आतिन थाल्छौं। यहिबाट प्रष्ट हुन्छ कि सामाजिक सञ्जाल बिना कोही बाँच्न सकिन्न।



जब रजनीको फेसबुकमा आफ्नै नाङ्गो भिडियो पोस्ट भयो...

प्रेमिकाको नग्न फोटो उनैका भाइलाई पठाउने यी कस्ता प्रेमी ?



नेपालमा पछिल्लो समय सामाजिक सञ्जालबाट धेरै राम्रा एवम् नराम्रा घटनाहरु भाइरल हुने गरेको पाइन्छ। जसले समाज अनि व्यक्तिगत रुपमा नकारात्मक असर परिरहेको हुन्छ। नेपालमा सामाजिक सञ्जालले गर्दा हामी जत्ता जान्छौँ त्यहीकाे तस्विर सामाजिक सञ्जालमा पोस्ट्याइहाल्छौं र कहाँ जाँदै छौँ, के गर्दै छौँ सामाजिक सञ्जालमार्फत प्रत्येक मिनेट अनि प्रत्येक सेकेन्डको जानकारी दिइरहेको पाइन्छ। सायद त्यसैको प्रभाव हुनसक्छ नेपालमा विभिन्न खालका घटनाहरु दिन प्रतिदिन बढिरहने। ठगी, यौन दुर्व्यवहार, बलात्कार, चोरी, भ्रष्टचारका घटना यस्तै–यस्तै।

साथी– भाइ, आफन्तजन सँगको भेटघाट, चाडपर्व, विवाह, जन्मदिन, कतै घुम्न गएको, होटलमा बसेर रमाइलो गरेको सबै फोटोहरु र हामी कहाँ, के गर्दै छौँ हामीले सबै जानकारी सामाजिक सञ्जालमा निरन्तर अपडेट दिन्छौं। त्यो गलत कि सही कसैलाई थाहा छैन ताकी हामीलाई त् अरुलाई मैले के गर्दैछु, कता छु, कस्ताे अवस्थामा छु भन्ने अरूलाई देखाउनु छ।



सुन्दर युवती भिडियो कलमा ‘नाङ्गै’ देखिएपछि...

एक 'फेसबुक रिक्वेष्ट'जसले कम्बोडिया पुर्‍याएर यौनदासी बनायो 


सामाजिक सञ्जालको सही प्रयोग हाम्रा लागि उपयोगी हुन्छ। यसको माध्यमबाट सामाजिक सम्बन्धको स्थापना एवं विस्तार हुने, आफूले चाहेको व्यक्तिसँग जुनसुकै समयमा सम्पर्क गर्न सकिने, आफ्ना विचार, भावना बृहत् समूहका अगाडि व्यक्त गर्न पाइने, सूचना, जानकारी एवं मनोरञ्जन पाइने र सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक आदि जुनसुकै विषयमा जहाँ कहीँ बसेर पनि विचार वा सन्देश आदानप्रदान गर्न सकिन्छ।

सामाजिक सञ्जालमार्फत् आफूलाई मन लागेको विषयमा तर्क, बहस गर्न पाइने मात्र होइन विभिन्न विषयको ज्ञान पनि प्राप्त गर्न सकिन्छ। हिजो–आज सामाजिक सञ्जालको प्रयोग सही रूपमाभन्दा पनि गलत ढंगले बढी मात्रामा प्रयोग गरेको पाइन्छ। सामाजिक सञ्जाललाई हिजो–आज मानिसले आफ्नो व्यक्तिगत जानकारी, सफलता, असफलता,  सुख,दुःख, आक्रोश आदि पोख्ने मध्यम बनाइएको पाइन्छ।



आफ्नै फोटो फेसबुकमा राख्दा आर्यालाई परेको फसाद...

यी भाइ जसले 'नाङ्गो' फोटो देखाएर दिदीलाई लुटिरहे



सामाजिक सञ्जालमा सकारात्मक, उपयोगी र महत्वपूर्ण कुराहरूभन्दा बढी नकारात्मक, हानिकारक र बेफाइदा हुने विषय वस्तुहरु बढी आउन थालेको पाइन्छ। विशेषगरी सामाजिक सञ्जालको प्रयोगमा अत्यधिक बढ्दै गएको नकारात्मक प्रवृत्ति र अमर्यादित कार्यले गर्दा समाजमा निक्कै असर पर्दै गएको पाइन्छ। सामाजिक सञ्जालका भित्ताहरूमा देखिने अश्लील, छाडा एवं छुद्र भाषाको व्यापक प्रयोग सभ्य समाजका लागि लज्जास्पद देखिन्छ।

सामाजिक सञ्जालमार्फत् कसैले कुनै विचार वा भावना व्यक्त गर्दा, कुनै सूचना वा  समाचारमा टिप्पणी गर्दा वा कुनै भिडियोमा प्रतिक्रिया जनाउँदा अत्यन्त अमर्यादित र निकृष्ट भाषा प्रयोग भएको पाइन्छ। यसैगरी कसैलाई कुनै समाचार, विचार वा कुरामा चित्त बुझेन वा कोहीप्रति असहमति जनाउँदा अति असभ्य, अश्लील एवं अशीष्ट भाषामा गालीगलोज गर्ने क्रम बढ्दो छ।

यसले परापूर्व कालदेखि नै मर्यादित र शिष्ट मानिदै आएको हाम्रो सामाजिक संस्कार, बोलीवचन एवं आचारणमा कति ह्रास हुँदै गएको छ भन्ने कुराको पुष्टि गर्दछ।

कतिपय अवस्थामा आफ्नो क्षणिक आनन्द पूरा गर्न भ्रमपूर्ण सूचना वा जानकारी सामाजिक सञ्जालमा राख्ने गरेको पाइन्छ। यतिमात्र होइन कसैको चरित्र हत्या गर्ने अभिप्रायले नक्कली अश्लील तस्विर वा भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने सम्मको हर्कत पनि प्रशस्त मात्रामा हुन थालेको छ।

फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालका साइटहरूमा नक्कली खाता (एकाउन्ट) बनाइ अरूलाई गालीगलौच गर्ने, धम्की दिने वा अश्लील सामग्री पठाएर मानशिक याताना दिने काम समेत भइरहेको पाइन्छ। जसले यस्ता अश्लील सामग्री, गालीगलोज गर्छन् उनीहरुलाई सजाय के त ? उनीहरुले पाउने सजाय प्राय शुन्य नै हुन्छ।



चार वर्ष ‘अफेयर’ चलाएर प्रेमिकालाई लुट्नु लुटे,अन्तिममा भारतीय नागरिकलाई सुम्पे

एक नाबालिकाको अभियुक्त पहिचान गर्ने यस्तो 'ट्रिक' : जसले प्रहरी नै चकित



सामाजिक सञ्जालमा सकारात्मक र उपयोगी सामग्रीका तुलनमा नकारात्मक अनि समाजले  पचाउन नसकिने सामग्री छिटो फैलिने गरेको पाइन्छ। समाचार वा जानकारी सेयर गर्ने नाममा हुँदै नभएका पित–पत्रकारिताका कुराहरू प्रयोग गरेको समाचार तथा सूचना क्षणभरमा सर्वत्र फैलिसकेको हुन्छ। सकारात्मक सूचना वा जानकारीका तुलनामा हत्या, हिंसा, अपराध वा नकारात्मक समाचारहरू भुषमा आगो फैलिएसरी केही क्षणभरमै सबैतिर फैलिन्छ।

यस्ता सामग्रीको सत्य, तथ्य नबुझी, यसले पार्न सक्ने नकारात्मक असरको बारेमा कुनै हेक्का नराखी लाइक, सेयर वा प्रतिक्रिया दिने गरेको देखिन्छ। विभिन्न अनुसन्धानका अनुसार सामाजिक सञ्जालमा सकारात्मक विषयमाभन्दा कयौँ गुणा बढी बहस, टिकाटिप्पणी, लाइक एवं सेयर नकारात्मक विषयमा हुने गर्छ।



साइबर अपराधको मारमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्म

फेसबुकले झण्डै ‘डिभोर्स’ गरायो



कुनै समाचार सामग्री वा भिडियोप्रति ध्यान आकृष्ट गरी बढीभन्दा बढी दृष्य संख्या बटुल्न उत्तेजक र अवास्तविक शीर्षक राखिएको हुन्छ, जबकी  उक्त सामग्रीको विषयवस्तु नितान्त फरक रहेको हुन्छ। यसले गर्दा सामाजिक सञ्जाल नकारात्मकता र अफवाह फैलाउने एउटा माध्यमजस्तै बनेको छ। 

सामाजिक सञ्जालमा कसैले आफ्नो विचार वा भावना व्यक्त गर्नु, श्रव्य, दृष्य सामग्री राख्नु, कसैसँग अन्तक्रिया गर्नु निश्चयनै उसको अधिकारको विषय हो। तर, व्यक्तिगत स्वतन्त्रता र अधिकारका नाममा भ्रमपूर्ण, झुटो वा अश्लील सामग्री राखी अफवाह फैलाउनु गैरजिम्मेवार कार्य हो।



दिपाश्रीलाई सुत्न नदिएका १४ वर्षीय ह्याकर: जो ९ कक्षामा पढ्छन् 

‘मैले श्रीमती मारे आउनुहोस् समात्न’



तसर्थ, कसैले पनि सामाजिक सञ्जाल प्रयोग गर्न पाउने, आफ्ना विचार, भावना वा सामग्री राख्न पाउने अधिकारको प्रयोग गदै गर्दा सत्यतथ्य र सकारात्मक कुराहरू राख्नुपर्ने कर्तव्यको पनि पालना गर्नुपर्ने हुन्छ। त्यसैगरी सामाजिक सञ्जालको प्रयोग गर्दा सभ्य, शीष्ट र मर्यादित भाषामा एकअर्काको सम्मान गर्दै यसको सही उपयोग गर्नु पनि प्रत्येक सामाजिक सञ्जाल प्रयोगकर्ताको कर्तव्य हो।

सामाजिक सञ्जालका आमप्रयोगकर्ता, विशेषगरी युवा–युवती एवं बालबालिकालाई यसमा मौलाउँदै गएको विकृतिले नकारात्मक असर पुर्याउनेमा कुनै सन्देह छैन। हिजो–आज बालबालिकाले सानैदेखि सामाजिक सञ्जालको प्रयोग अत्याधिक मात्रामा गर्दछन्। सामाजिक सञ्जालमा हुने विषयवस्तुले उनीहरूलाई प्रत्यक्ष असर गर्दछ।

समय क्रममा हुने प्रविधिको विकाससँगै यस्तो अवास्तविक सामाजिक सञ्जालको प्रयोगमा वृद्धि हुँदै जाने हुनाले सर्वप्रथम विद्यालय शिक्षामा बालबालिकालाई नैतिक शिक्षा, सामाजिक मर्यादा र कर्तव्यका साथै सामाजिक सञ्जालको सही प्रयोगसम्बन्धी ज्ञान दिनु आवश्यक छ। अभिभावकले आफ्ना बालबालिकाको बोलीचाली, आनिबानी अनि सामाजिक सञ्जाल प्रयोगको गतिविधि निरन्तर निगरानी गर्नु जरुरी छ।

प्रकाशित मिति: : 2022-01-08 21:17:00

प्रतिकृया दिनुहोस्