‘मैले श्रीमती मारे आउनुहोस् समात्न’

Breaknlinks
Breaknlinks

‘मैले श्रीमती मारे आउनुहोस् समात्न’

याे वाक्य गत बुधबार बिहानै प्रहरीको ‘कन्ट्रोल रुम’मा आएको फोनमा एक पुरुषले प्रहरीलाई भनेकाे हाे। 

कसैले अरूकाे हत्या गरेर ‘मैले मान्छे मारेँ’ भनेर प्रहरीलाई फाेन गर्ला त ? पक्के गर्दैन, बरू अपराधिले त आफ्नाे कर्तुत लुकाउन खाेज्छ। त्यसैले ती पुरूषले भनेकाे उक्त वाक्यलाई लिइएर प्रहरीकाे मनमा विभिन्न तर्क आउन थाले। तर, प्रहरीकाे हैसियतले यस्ताे विषयलाई सामान्य रूपमा लिनु पनि भएन। 

‘कन्ट्रोल रुप’मा आएको जानकारी महानगरीय प्रहरी वृत गौशालामा ‘ट्रान्फर’ गरियो। फोनमा बोल्ने ती पुरुषले हत्या गरेको स्थान गुहेश्वरी बताएका थिए। गुहेश्वरी क्षेत्र गौशाला प्रहरी वृत अन्तर्गत पर्छ। साेही फाेनका आधारमा गौशाला प्रहरीकाे टोली घटनास्थलतर्फ लाग्यो। नभन्दै ताेकिएकाे स्थानमा ती पुरुषले आफ्नाे श्रीमतीको हत्या गरेका थिए।


चार वर्ष ‘अफेयर’ चलाएर प्रेमिकालाई लुट्नु लुटे, अन्तिममा भारतीय नागरिकलाई सुम्पे

बन्द  काेठमा श्रीमतीकाे हत्या गरेर बसिरहेकाे अवस्थामा प्रहरीले ती पुरूषलाई समात्याे। श्रीमतीकाे हत्या गरी आफूलाई गिरफ्तार गर्न प्रहरीलाई बाेलाउने ती व्यक्ति मकवानपुरकाे हेटाैंडा उपमहानगरपालिका वडा नं. ४ घर भई हाल काठमाडौंमा बस्दै आएका ३९ वर्षीय राम श्रेष्ठ थिए।

रामले आफ्नी २३ वर्षीया श्रीमती रन्जु तामाङकाे हत्या गरेका थिए। जसकाे  गर्भमा ५ महिने बच्चा हुर्किदै थियाे। रामले सामान्य घरायसी विवादमा श्रीमती रन्जुकाे घाँटी थिचेर मारेकाे स्वीकार गरे। उनले हत्यापिछ श्रीमतीकाे हात समेत काटेका थिए। 

‘केही समयदेखि विवाद हुँदै आएकाे र आक्राेसमा हत्या गरेको स्वीकार रामले गरेका छन्, थप अनुसन्धान भइरहेको छ।’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बिएल नेपाली सेवासँग भने। 

गएको असार २० गते आफ्नै फ्ल्याटमा मृत फेला परेका भारत राजस्थानका ५९ वर्षीय सत्यनारायणको हत्या भयो। प्रहरीले अहिले पनि विभिन्न कोणबाट घटनाकाे  अनुसन्धान गरिरहेको छ। तर, कुनै प्रमाण हात पार्न नसक्दा हत्यारा प्रहरीको नजरभन्दा बाहिर नै छन्।

त्यस्तै, २०७७ कार्तिकमा भक्तपुरमा एक युवकको हत्या भयो। केटीको विषयमा सामान्य विवाद हुँदा आफ्नै साथीले हत्या गरेका थिए। भक्तपुर नगरपालिका इँटापाको भन्ने ठाउँमा ३५ वर्षीय भारतीय नागरिक  शाहिद हुसेनको हत्या भयाे। उनी भारतको उत्तर प्रदेश घर भई लामो समयदेखि साेही स्थानमा बस्दै आएका थिए। प्रहरीले हत्याको अभियोगमा उत्तर प्रदेश घर भएका सलमान खान र सानु अन्सारीलाई नियन्त्रणमा लिएको छ। उनीहरुले हुसेनकाे हत्या गरेको स्वीकार गरेका छन्।

यी घटना काठमाडौं उपत्यकाभित्र भएको प्रतिनिधि हत्याको घटना मात्र हुन्। पछिल्लो समय काठमाडौं उपत्यकाभित्र हत्याको घटना बढ्दै गएका छन्। परिवार र चिनजानभित्रका घटना नै दोहोरिने क्रम बढ्दाे छ। 

आर्थिक वर्ष २०७७/७८ मा देशभर ६ सय ९७ जनाको हत्या भएको थियो। यो अघिल्लो आर्थिक वर्षसँग तुलना गर्दा २५ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७७र७८ मा काठमाडौं उपत्यकाभित्र हत्याको सङ्ख्या बढेको देखिएको छ।काठमाडौँमा ३२, ललितपुरमा ६ र भक्तपुरमा ८ जनाको हत्या भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा भने ३४ जनाको मात्र हत्या भएको तथ्याङक छ। आर्थिक वर्ष २०७५/७६ मा ५३ जनाको हत्या भएको देखिन्छ।


जावलाखेल भलिबल क्लबका टीम म्यानेजर लागुऔषधसहित पक्राउ 

काठमाडौं उपत्यकाभित्र आत्महत्या गर्ने दर पनि बढ्दै गएको तथ्याङकले देखाउछ। आर्थिक वर्ष २०७५/७६ मा ५ सय ३९ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०७६/७७ मा यो सङ्ख्या बढेर ५ सय ५५ पुग्यो।

गएको आर्थिक वर्षमा आत्महत्या गर्नेकाे सङ्ख्या झन् बढ्दाे रहेकाे प्रहरीले जनाएकाे छ।  गत वर्ष ५७० जनाले आत्महत्या गरेका छन्। तीन जिल्लामध्ये काठमाडौंमा ४ सय ३ जना, ललितपुरमा ९८ र भक्तपुरमा ६९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। काठमाडौं उपत्यकाभित्र चोरीका घटना भने गएको तीन आर्थिक वर्षमा घट्दै गएको देखिएको छ।

आर्थिक वर्ष २०७५-७६ मा ८ सय ८८ वटा चोरीका घटना भएका थिए। जसमा काठमाडौंमा ६ सय ६७ वटा थिए। आर्थिक वर्ष २०७६/७७ मा चोरीका घटनामा कमी हुँदै गएकाे छ। 


अपराधकाे चढ्दो ग्राफ: ‘जजक’ र आत्महत्याको डरलाग्दो अवस्था

६ सय ५९ वटामात्र चोरीका घटना भएकाे प्रहरीले बताएकाे छ। यो सङ्ख्या गएको आर्थिक वर्ष २०७७/७८ मा पनि कमी भएकाे हाे। ५ सय ८१ वटामात्र चोरीका घटना भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसपी सशील सिंह राठौंरले जानकारी दिएका छन्।

देशभर जबर्जस्ती करणीका घटनामा कमी आएकाे तर त्यसअघिको आर्थिक वर्षकाे तुलमा गर्दा १८ प्रतिशतले बढेको देखिन्छ। काठमाडौं उपत्यकाभित्रको हकमा यस्ता घटनामा कमी आएको छ। आर्थिक वर्ष २०७५/७६ मा काठमाडौं उपत्यकामा २ सय ९६ वटा जवर्जस्ती करणीका घटना भएका थिए। तर, आर्थिक वर्ष २०७६/७७ मा यो सङ्ख्यामा केही कमी देखिएकाे  छ।
२ सय ६६ वटा जवर्जस्ती करणीका घटना प्रहरी समक्ष पुगेका थिए। गएको आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या अझै कमी आएकाे प्रहरीले बताएकाे छ। प्रहरीका अनुसार २ सय ६६ बाट घटेर २ सय २६  पुगेकाे छ। काठमाडौंमा १ सय ५१, ललितपुरमा ३८ र भक्तपुरमा ३७ वटा घटना भएका छन्।

प्रकाशित मिति: : 2021-08-15 20:42:00

प्रतिकृया दिनुहोस्