अपराधले जेलिएको काठमाडौं उपत्यका : हत्या बढ्दो, आत्महत्या झनै डरलाग्दो

पहिलोपोष्ट

काठमाडौँ

 गएको आर्थिक वर्षमा देशभर नै अपराधको तथ्याङ्को ग्राफ उकालो लाग्यो। हत्या, आत्महत्या लगायतका घटना बढे। हत्या त २५ प्रतिशतभन्दा बढीले बढ्यो। देशभर मात्र होइन काठमाडौं उपत्यकामा समेत यसको प्रभाव देखियो।

सुरक्षाको हिसाबले सबैभन्दा धेरै सुरक्षित मानिने काठमाडौं उपत्यकाभित्र पनि हत्या, जबरजस्ती करणी,  आत्महत्याका घटना वर्षभरी नै भइरहे। कति घटनामा प्रहरीले तत्कालै अभियुक्तलाई पक्राउ गर्न सफल भयो भने कति घटना अझै अनुसन्धानमा नै छन्। प्रहरीले यस्ता घटनाको क्लुसमेत फेला पार्न सकेको छैन। केही घटनामा मारिएका मानिसको सनाखतसमेत गर्न सकेको छैन।

धेरैजसो हत्याका घटना आफन्त र परिचित व्यक्तिबाट नै भएको देखियो। श्रीमानले श्रीमतीको श्रीमतीले श्रीमानको हत्या गरेको घटनासम्म गएको आर्थिक वर्षमा भए। नयाँ आर्थिक वर्ष सुरु भएपछि पनि यस्ता घटना भइरहेका छन्।

साउन २१ गते काठमाडौंको चमतीमा ‍२८ वर्षीया बबिता राईको हत्या भयो। उनको घाँटी थिचेर हत्या गरेको देखिएको छ। प्रहरीले हत्या गरेको अभियोगमा नुवाकोट तादी गाउँपालिका २ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई नियन्त्रणमा लियो। पक्राउ परेका गोतामे मृतकका श्रीमान् हुन्। अभियुक्त गोतामेले आफूले हत्या गरेको स्वकार गरिसकेको प्रहरीले जानकारी दिएको छ। आफूलाई दैनिक विभिन्न कुराले टचर दिएकाले हत्या गरेको प्रहरीमा बयान दिएका छन्।

त्यस्तै असार २० गते भारतीय नागरिक सत्यनारायण पारिख आफ्नै कोठामा मृत फेला परे। ललितपुर-२ सानेपास्थित राम मन्दिर नजिकै ५९ वर्षीय पारिखको हत्या भएको थियो। तर प्रहरीले अहिलेसम्म न त पारिख हत्याको कारण पत्ता लगायो न त हत्यारा नै पक्राउ गर्न सक्यो। घटनामा लिड नमिल्दा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। त्यस्तै बौद्धमा भेटिएको मानव अङ्गको अनुसन्धान पनि प्रहरीको लागि जटिल बनेको छ। शरीरको खुट्टा फेला पार्दा कसको हो? घटना के हो भन्नेसमेत अलमलमा परेको छ प्रहरी।

प्रकाशित मिति: : 2021-08-07 16:05:00

प्रतिकृया दिनुहोस्