प्रेमिकाको नग्न फोटो उनैका भाइलाई पठाउने यी कस्ता प्रेमी ?

कमल विक

काठमाडौं
Breaknlinks
Breaknlinks

करिब एक महिनाअघि झापा, कमल गाँउपालिका वडा नम्बर २ का ४५ वर्षीय राजन निरौलाले (नाम परिर्वतन) २८ वर्षीया सञ्जुलाई सामाजिक सञ्जाल फेसबुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ पठाए।

सञ्जुले यसो हेरिन्। पाको मान्छे देखिन्। केही दिनपछि ‘फ्रेण्ड रिक्वेस्ट’ लाई ‘एसेप्ट’ गरिन्।

त्यसपछि सञ्जुले वास्तै गरिनन्। सञ्जुलाई साथी बनाएको केही क्षणमै राजनले ‘म्यासेज’ गरिसकेका रहेछन्। उनलाई त्यो कुराको केही वास्तै भएन।

केही दिनपछि सञ्जुले निकै (हेलो हाई) गरेको धेरै म्यासेज देखेपछि रिप्लाई गरिन्। सञ्जुलाई त्यही ‘रिप्लाई’ यस्तो महङ्गो भयो कि मर्नु न यसले बाच्नु बनायो।

राजनले केही समय राम्रो कुरा गरे, जुन कुराले सञ्जुको मन जित्यो। उनले सञ्जुको पुरानो प्रोफाइल हेरे र उनका पोस्ट तथा फोटोहरूलाई हेरेर तारिफ गर्न लागे।



सुन्दर युवती भिडियो कलमा ‘नाङ्गै’ देखिएपछि...

आफ्नै फोटो फेसबुकमा राख्दा आर्यालाई परेको फसाद...



अनि सञ्जु बिस्तारै राजनको मायाजालमा परिन्। उनीहरूबीचको कुराकानी बाक्लो हुँदै गयो। दिन, साता हुँदै महिना बित्यो। त्यसपछि राजनले बिस्तारै सञ्जुलाई भेट्ने कुरा गर्न थाले। त्यही बीच उनीहरूबीच ‘रोमाण्टिक’ कुराहरू पनि हुन थाले।

हुँदाहुँदा उनीहरूबीच फोनमै यौनका कुरा हुन थाले। त्यो क्रम चलिरहेकै थियो। सञ्जु र राजनबीच दैनिकजसो फोनमै रमाइलो हुन्थ्यो। त्यो बेला सञ्जु पनि के कम? राजनको गफमा भुलेर उनले आफ्नो गुप्ताङ्गको फोटोसमेत राजनलाई पठाइदिन्।

त्यसरी गफ चलेकै बेला राजनले सञ्जुलाई ‘फोन सेक्स’ गर्न पनि ‘अफर’ गरे। सञ्जुले केही दिन राजनको कुरा सुनिन्। राजनले जे भने त्यही गर्दै गइन्। उनी राजनको मायाजालमा फसिसकेकी थिइन्।



एक नाबालिकाको अभियुक्त पहिचान गर्ने यस्तो 'ट्रिक' : जसले प्रहरी नै चकित

दिपाश्रीलाई सुत्न नदिएका १४ वर्षीय ह्याकर: जो ९ कक्षामा पढ्छन् 



एक दिन सञ्जु महिनावारी भएकी थिइन्। सधैँझैँ राजनले त्यो दिन पनि सञ्जुलाई ‘फोन सेक्स’ को प्रस्ताव गरे। आफू महिनावारी भएको भन्दै सञ्जुले राजनलाई समस्या बुझ्न आग्रह गरिन्, राजनले मानेनन्।

उल्टै आफूसँग भएको फोटो/भिडियो सञ्जुकै भाइलाई पठाइदिने, सामाजिक सञ्जालमा पोस्ट गरिदिने धम्की दिए। अनि सञ्जु छाँगाबाट खसेझैँ भइन्। त्यो दिन रुँदै राजनको माग पूरा गरिन्।

त्यसपछि उनी राजनसँग टाढिने कोशिश गर्न थालिन् तर राजनले पिछा छाडेनन्। बरु सञ्जुलाई दिनदिनै तनाव दिइरहे। राजनले यतिसम्म गरे कि सञ्जुको नग्न फोटो सञ्जुकै भाइलाई पठाउने धम्की दिए। त्यसपछि सञ्जुलाई झनै तनाव भयो।



फेसबुकले झण्डै ‘डिभोर्स’ गरायो

अमेरिका उड्न लागेकी अनिता पङ्खामा पासाे लगाएर किन झुन्डिइन् ?



एक दिन सञ्जुले त्यो कुरा आफ्नो मिल्ने साथीलाई भनिन्। अब के गर्ने ? ती साथीले प्रहरी कहाँ जान सुझाइन्। त्यसपछि पनि सञ्जुलाई आँट आएको थिएन। ती साथीले कता–कताबाट एक जना अर्को प्रहरी साथीसँग कुरा सुनाइन्। ती प्रहरी साथीले सञ्जुलाई प्रहरीको साईबर ब्यूरोले यस्तो समस्याको समाधान गरिदिने भन्दै सञ्जुको साथीलाई त्यहाँ जान सुझाए। अनि सञ्जु साथीलाई लिएर भोटाहीटीस्थित साईबर ब्यूरोमा पुगिन्। 

साईबर ब्यूरो पुगेकी सञ्जुले राजनले दिएको तनावबारे ब्यूरोका अधिकारीलाई सुनाइन। उनले पठाएका धम्कीपूर्ण म्यासेज पनि देखाइन्। राजनले गरेका म्यासेज देख्दा आङ नै सिरिङ्ग हुने खालका थिए।

अझ राजनले सञ्जु महिनावारी भएका बेला पठाएका म्यासेज त अमानवीय थिए भन्दा फरक पदैन्।

ब्यूरोले राजनलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो। राजन अहिले पुर्पक्षका लागि कारागान चलान भएका छन्।

‘उहाँले सुरुमा हामीसँग खुलेर आफ्ना कुरा राख्न सक्नुभएन्। हामीले उहाँलाई ‘काउन्सिलिङ’ गर्दै गर्यौं’, ब्यूरोका अधिकारीले बिएल नेपाली सेवासँग भने, ‘पछि उहाँले राजनले दिएको दुःख र उनले दिएका धम्कीपूर्ण सबै म्यासेज देखाउनुभयो।’

‘सामाजिक सञ्जालमा जोडिनुअघि हामीले धेरै कुराको ख्याल राख्नुपर्छ’, ब्यूरोका प्रवक्ता नविन्द अर्यालले भने,‘यस्ता समस्या धेरै छन्। सामाजिक सञ्जालमा जोडिनुअघि उसको बारेमा राम्रोसँग बुझेर मात्र कुरा गर्नुपर्छ। हैनभने यस्ता समस्या नआउलान भन्न सकिँदैन’, प्रवक्ता अर्यालले भने।

उनका अनुसार, यस्ता धेरै समस्या प्रहरीसम्म पुग्दैनन्। पीडितहरू धेरै भए पनि खुल्न नसक्ने भएका कारण धेरै जना समस्या आफ्नो थाप्लोमा थुपारेर बसेका हुन्छन्। यसमा विशेष गरी विवाहीत नारीहरू पर्नेगरेको ब्यूरोका अधिकारीहरू बताउँछन्।

प्रकाशित मिति: : 2021-12-01 17:59:00

प्रतिकृया दिनुहोस्