चीन–पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी)मा विवाद चुलिँदै

dailytimes.com.pk

चीनको महत्वाकांक्षी परियोजना अर्थात् चाइना–पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी) लाई लिएर विवादहरु चुलिँदै गएका छन्।

गत हप्ता, एक मिडिया रिपोर्ट बाहिर आएको थियो– जसमा भनिएको छ कि, 'पाकिस्तानको ग्वादर बन्दरगाहको तटमा चिनियाँ ट्रलरहरूलाई विशेष माछा मार्ने अधिकार दिइएको छ', जसले स्थानीय बासिन्दाहरूलाई आक्रोशित बनाएको छ। जसका कारण ग्वादरमा पनि चीनविरुद्ध प्रदर्शन भइरहेको छ।

मसटीभी च्यानलका एक रिपोर्टरले यस विषयमा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानलाई प्रश्न गर्दा उनी रिसाए। उनले भने कि मिडियाको एक भागले यस परियोजनाको बारेमा झुटा समाचार फैलाएको छ। जसलाई चीनले कडा रूपमा अस्वीकार गर्दछ।

केही सञ्चारमाध्यमहरूले सोमबार पाकिस्तानको ग्वादर क्षेत्रमा प्रदर्शनहरू भइरहेका खबर दिएका थिए। यस क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाले प्रदर्शन गरेका हुन्। यहाँ चिनियाँ ट्रलरलाई माछा मार्न बिशेष अधिकार दिइएको प्रदर्शनकारीले बताएका छन्। जसका कारण स्थानीय जनताको अवस्था बिग्रनुका साथै जीविकोपार्जनमा समेत नकारात्मक असर पर्न सक्छ।

झाओ लिजियानले आफ्नो ब्रीफिङमा चीनले सीपीइसी परियोजना र चीन-पाकिस्तान सम्बन्धलाई बिगार्ने प्रयास भइरहेको बताए। यसका साथै लिजियानले चीनले सधैं आपसी सम्मान र सहमतिको सिद्धान्तलाई अवलम्बन गर्दै सहयोगलाई अगाडि बढाउँदैआएको बताएका छन्।

प्रकाशित मिति: : 2022-01-02 10:09:00

प्रतिकृया दिनुहोस्