माओवादी महाधिवेशन : पार्टीको विधान संशोधनसहित पारित

नेकपा माओवादी केन्द्रको विधान पारित भएको छ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले शनिबार पार्टीको विधान संशोधनसहित पारित गरेको हो।

स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएपछि पार्टी विधान पारित भएको हो।

सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेका थिए। त्यसपछि महाधिवेशनको बन्दसत्र हलले सर्वसम्मतिले पार्टीको विधान पारित गरेको हो।

विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ।

प्रकाशित मिति: : 2022-01-01 13:16:00

प्रतिकृया दिनुहोस्