'अफगानिस्तानमा विध्वंस नहोस् भनेर भागेँ'

Reuters
Reuters

अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले तालिबान काबुल नजिकै आएपछि देश विनाश हुनबाट बचाउन आफू देश छाडेर भागेको बताएका छन्।

उनले अगस्ट १५ को बिहान अफगानिस्तानमा आफ्नो अन्तिम दिन भएको भन्ने कुनै भान नभएको बीबीसीलाई बताएका छन्।

काबुल छोड्न विमानमा उडेपछि बल्ल आफूलाई देश छोडिरहेको जस्तो लागेको उनले बताए।

अन्तिम समयमा देश छोडेर हिँडेको भनेर उनको आलोचना भएको थियो। उनी हाल यूएईमा रहेका छन्।

त्यो दिन बिहान तालिबान लडाकुहरूले काबुल नछिर्न सहमति जनाएको तर दुई घण्टापछि कुरो अर्को भएको गनीको भनाइ छ।

'तालिबानका दुई समूह दुई फरक दिशाबाट नजिकै आइरहेका थिए,ु उनले भने, उनीहरूसँगको ठूलो द्वन्द्वले ५० लाख बासिन्दा भएको सहरलाई ध्वस्त बनाउने थियो र मानिसमा त्यसले ल्याउने विनाश ठूलो हुने थियो।'

उनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार र श्रीमतीलाई काबुल छोड्न भनेर र आफू रक्षा मन्त्रालय जान कार कुरिरहेको बताएका छन्। कारसँगै आएका भयभीत राष्ट्रपतिका सुरक्षा प्रमुखले गनीले अडान नछोडे 'उनीहरू सबै मारिने बताए।'
 
 

प्रकाशित मिति: : 2021-12-30 18:11:00

प्रतिकृया दिनुहोस्