बेइजिङ ओलम्पिकः तिब्बतीयनमाथि चीनको कडा निगरानी

बेइजिङ ओलम्पिकको पूर्वसन्ध्यामा चिनियाँ अधिकारीहरुले तिब्बतीयनमाथिको यात्रा प्रतिबन्ध झन कडा पारेका छन्।

क्षेत्रीय राजधानी ल्हासामा प्रहरीको उपस्थिति बाक्लो पारिएको छ। सो क्षेत्रमा सुरक्षा सतर्कता कडा पारेर चीनले तिब्बतीयनको  गतिविधि सीमित पार्दै लगेको छ। 

गत सोमबार चीनको सूचना सेवाले ओलम्पिक खेलमा सहभागी हुन जानेलाई निगरानी गरिने जनाएको थियो। ल्हासाबाहेक सिगात्से, चामदो, ड्रागो, नग्बा र रेबकोङमा पनि सुरक्षा व्यवस्था कडा पारिएको प्राप्त विवरणहरुमा जनाइएको छ। ल्हासामा प्रहरी र सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ।

त्यहाँ आउने व्यक्तिहरुमाथि कडा निगरानी र सोधपुछ गरिएको छ। प्रहरीले होटेल, रेस्टुरेन्ट र पसलहरुमा पनि खानतलासी गरेको छ। 
 

प्रकाशित मिति: : 2021-12-30 12:11:00

प्रतिकृया दिनुहोस्