भारतमा ओमिक्रोनः २१ राज्यका ७८१ जना संक्रमित

बिएल संवाददाता

नयाँ दिल्ली
File Photo
File Photo

भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या ७८१ पुगेको छ। दक्षिण अफ्रिकामा नोभेम्बरमा पहिलो पटक देखिएको सो भेरियन्ट अहिले भारतका २१ राज्यमा देखिएको छ।

नयाँ भेरियन्टबाट संक्रमितमध्ये सबैभन्दा धेरै नयाँ दिल्लीका छन्। पछिल्लो तथ्यांकअनुसार दिल्लीमा २३८ र महाराष्ट्रमा १६७ जनामा नयाँ भेरियन्ट देखिएको छ।

भारतमा पछिल्लो २४ घन्टामा नौ हजार १९५ जनाम कोभिड देखिएको छ।

यो संख्या अघिल्लो दिनको तुलनामा ४४ प्रतिशतले बढी हो। सरकारले खोप अभियानलाई तीव्र पारेको छ। भारतमा अहिलेसम्म एक अर्ब ४३ करोड डोज कोभिड खोप खपत भएको छ। 
 

प्रकाशित मिति: : 2021-12-29 13:16:00

प्रतिकृया दिनुहोस्