ह्वाइट-कोलार्ड आतंकवादीले युवाहरुलाई आतंककारी बन्‍न उक्साउँछ: कोर्प्स कमाण्डर

बिएल संवाददाता

जम्मु-काश्मीर
Photo: ANI
Photo: ANI

भारतीय सेनाको चिनार कोर्प्स कमाण्डरले 'देशका शत्रुहरूलाई निशाना बनाउँदै ह्वाइट-कोलार्ड आतंकवादीले युवाहरुलाई आतंककारी बन्‍न उक्साउने गरेको र जुन निकै खतरानाक भएको बताएका छन्।

'कश्मीरमा, कुनै पनि सैनिक वा युवाको मृत्युले देशका शत्रुहरूलाई मात्र खुसी बनाउँछ। तिनीहरूमध्ये एउटा ठूलो समूह (देशका शत्रुहरू), जसलाई मैले ह्वाइट-कोलार्ड आतंकवादी भनेको थिएँ। तिनीहरूले आफ्ना वरपरका युवाहरूलाई आतंकवादी बन्नको लागि उक्साउँछन्, तिनीहरू सबैभन्दा खतरनाक हुन्छन्,' जनरल अफिसर कमान्डिङ, चिनार कोरका लेफ्टिनेन्ट जनरल डीपी पाण्डेले भने।

'जब त्यस्ता आतंकवादीले आम मानिसलाई मार्छन् वा युवा तथा भारतीय सेना मारिएमा, सेतो कलर आतंकवादीहरू सबैभन्दा खुसी हुन्छन्,' उनले थपे।

त्यस्ता व्यक्तिको प्रभावमा नपर्न आग्रह गर्दै जिओसी चिनार कोरले थपे,‘छोरा नागरिक होस्, सुरक्षाकर्मी होस्, गुण्डा होस्, अपराधी होस् वा आतंकवादी होस्, छोराको मृत्युमा सबैभन्दा बढी दुःख आमालाई नै हुन्छ।'

भारतीय सेनाको चिनार कोरले बाटपुरा स्टेडियम, शोपियानमा 'वार्षिक चिल्लई कलान महोत्सव' आयोजना गरेको थियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्नै जनरल पाण्डेले उक्त कुरा बताएका हुन्। 

प्रकाशित मिति: : 2021-12-28 06:31:00

प्रतिकृया दिनुहोस्