माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठसमेत सात उपाध्यक्ष, दुई उपमहासचिवसहित १५ पदाधिकारी प्रस्ताव

२९९ सदस्यीय केन्द्रीय कमिटी बन्दसत्रमा विधान मस्यौदा प्रस्तुत

नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्ताव प्रस्तुत गरेका छन्।

गुरुङको प्रस्तावअनुसार, पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष गरी १५ पदाधिकारी हुने छन्। पदाधिकारी समावेशी बनाइने गुरुङले जानकारी दिए।

केन्द्रीय कमिटीको १० प्रतिशत मनोनित गर्नसकिने उक्त विधानमा प्रस्ताव गरिएको छ।

प्रकाशित मिति: : 2021-12-27 16:17:00

प्रतिकृया दिनुहोस्