यो साता कैद गरिएका तस्बिरहरूमध्ये बिएल नेपाली सेवाले छानेका सात रोचक र उत्कृष्ट तस्बिरहरू यस्ता छन्–
नेपालकै गहिरो तालको परिचय बनाएको शे–फोक्सुण्डो ताल मौसम खुलेसँगै निलो देखिएको छ। छिन्–छिनमा रंग बदल्ने यो ताल फोक्सो आकारको भएकाले फोक्सुण्डो र शे–गुम्वा नजिकै भएकाले शे-फोक्सुण्डो नाम राखिएको हो। हेमन्त केसी
बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको धासाङ गाउँपालिका–२ बोक्सीखोला क्षेत्रमा कालोपत्रे गरिएको सडक र त्यहाँबाट देखिएको धौलागिरि हिमशृङ्खला। कमल खत्री
नवलपरासीको पीठौलीस्थित जटायु रेष्टुरेन्टमा आहारा खान झुम्मिएका गिद्ध। गिद्धको संरक्षणका लागि सन् २००६ देखि सञ्चालनमा आएको उक्त रेष्टुरेन्ट गिद्धको अनुसन्धानकर्ता एवम् चरा पर्यटनका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। वासुदेव पौडेल
क्रिसमसको पूर्वसन्ध्यामा रङ्गिएको काठमाण्डू। एकअर्कासँग प्रेम, सद्भाव बाँड्दै इसाई धर्मावलम्वीहरूले क्रिसमस मनाइरहेका छन्। तेजन खड्का
आठ पार्टीले एमसीसीकाे विराेध गर्दै मंगलबार नयाँ बानेश्वर काठमाडाैंमा निकालेकाे संयुक्त विराेध सभा। उनीहरूले राष्ट्रघाती एमसीसी सम्झाैता खारेजकाे माग गर्दै प्रदर्शन गरेका छन्। न्यूज कारखाना
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जगरनाथपुर गाँउपालिकामा बिहीबार एमालेले आयोजना गरेको कार्यक्रममा १५० किलोको माला लगाएर स्वागत गरिँदै। विजय कुमार महतो
विहानीको कठ्याङग्रिदो जाडोमा चाहमती राजवंशी मानिसको चहलपहल बाक्लिसक्दा नसक्दै चुल्हो र केही भाँडाकुँडा लिएर पुगिसक्छिन्, उर्लाबारी चोक। बिएल नेपाली सेवा