हङकङमा तियानमेन प्रदर्शनको स्मरणमा बनाइएको दुई स्मारक हटाइयो

गेट्टी इमेज
गेट्टी इमेज

हङकङमा दुई अन्य विश्वविद्यालयबाट तियाननमेन नरसंहारको स्मरणमा बनाइएको स्मारकलाई हटाइएको छ। 

चाइनिज युनिभर्सिटी अफ हङकङमा रहेको लोकतन्त्रकी देवी र लिंगन विश्विद्यालयबाट एक स्मारक हटाइएको हो। 

एक दिन पहिला बुधबार युनिभर्सिटी अफ हङकङमा तियानानमेन नरसंहारको स्मरणमा राखिएको प्रचलित मूर्ति ‘पिलर अफ शेम’ हटाइएको थियो। 

यी मूर्ती सन् १९८९ मा लोकतन्त्र समर्थित विरोध प्रदर्शनका क्रममा मारिएका मानिसको संख्या धेरै देखाइएको थियो। 

चीनको राजधानी बेइजिङको तियानानमेन चोकमा  १९८९ मा लोकतन्त्रका समर्थकले ठूलो प्रदर्शन गरेका थिए। चीन सरकारले उक्त विरोध प्रदर्शन रोक्नका लागि त्यहाँ उपस्थित प्रदर्शनकारीमाथि गोली चलाएको थियो। 

हङकङ र चीनमा लोकतन्त्रको समर्थमा बेलाबेलामा प्रदर्शन हुँदै आएको छ तर चीनले यसलाई दबाउँदै आएको छ। मूर्तिहरु हटाउने कदम पनि यसकै एक हिस्साको रुपमा लिइएको बीबीसीले उल्लेख गरेको छ। 

 

प्रकाशित मिति: : 2021-12-24 21:32:00

प्रतिकृया दिनुहोस्