पश्चिमा देशले रूससँग झुट बोले: राष्ट्रपति भ्लादमिर पुटिन

रूसका राष्ट्रपति भ्लादमिर पुटिनले नेटोको विस्तारका बारेमा पश्चिमा देशले रुससँग झुट बोलेको आरोप लगाएका छन्। 

हरेक वर्ष आयोजना गर्ने गरिएको वार्षिक प्रेस कन्फरेन्समा पुटिनले अमेरिकासँग सुरक्षा ग्यारेन्टीको मागबारे छलफल भएको र त्यसमा सकारात्मक प्रगति भएको बताए।

पछिल्लो समय रूस र पश्चिमी देशबीच युक्रेनलाई लिएर चर्काचर्की चलिरहेको छ। 

पश्चिमी देशहरुले रूसले युक्रेनसँग जोडिएको आफ्नो सीमा ठूलो संख्यामा सैनिक तैथानी गरेको र युक्रेनमाथि आक्रमणको योजना बनाइरहेको आरोप लगाएका छन्। 

एक प्रश्नको जवाफमा पुटिनले युक्रेनको तर्फबाट उत्पन्न खतराको जबाफ रुसले दिइरहेको बताए। पुटिनले युक्रेनको अमेरिकासँग कस्तो कुराकानी भइरहेको भन्ने विषयले भन्दा पनि उ माथिको कारबाही देशको सुरक्षामाथि निर्भर रहने स्पष्ट पारे। 

पुटिनले पूर्वतिर नेटोको विस्तार हुन नहुने बताए।

प्रकाशित मिति: : 2021-12-24 06:12:00

प्रतिकृया दिनुहोस्