उत्तर कोरियाली तानाशाह किमकाे उत्तराधिकारी बन्लिन् बहिनी किम यो-जोङ ?

Getty Images
Getty Images

पछिल्लाे समय अन्तर्राष्ट्रिय राजनीतिकाे थप केन्द्रविन्दुमा छिन्– 'किम यो-जोङ'। जो उत्तर कोरियाली तानाशाह किम जोङ-उनकी बहिनीसमेत हुन्।

बहिनी जोङ सत्तारुढ कोरियाली वर्कर्स पार्टीको सर्वोच्च निकाय वरिष्ठ पोलिटब्यूरो सदस्यमा: बढुवा भएकी छिन्। किम जोङ-उन र किम यो-जोङका पिता किम जोङ-इलकाे दशौं वार्षिकोत्सवकाे अबसरमा प्रकाशित पुस्तकमा उनकाे नाम छैटाैँ स्थानमा उल्लेख गरिएको छ।

दशौं वार्षिकोत्सव समाराेहकाे एक मञ्चमा समेत  कोरियाली वर्कर्स पार्टीका अध्यक्ष किम, पोलिटब्यूरो, केन्द्रीय समिति र जनसभाका पूर्ण र वैकल्पिक (मतदान नगर्ने) प्रतिनिधिहरूसँग बहिनी किम यो-जोङ पनि देखा परेकी थिइन्।

यी–यस्तै दृश्य र चर्चाले उत्तर कोरियाली तानाशाह किमको उत्तराधिकारीका रूपमा बहिनी किम यो-जोङलाई हेर्ने गरिन्छ।

सन् २०१८ मा प्योङचाङकाे शीतकालीन ओलम्पिकमा किम जोङ-उनको निजी दूतको रूपमा दक्षिण कोरियाको ऐतिहासिक भ्रमणमा निस्केपछि किम यो-जोङ (बहिनी) चर्चाकाे सतहमा देखिइन्।

उनी सन् २०१७ र २०२० मा दुईपटक वर्कर्स पार्टीको पोलिटब्यूरोमा बढुवा भएकी थिइन्। लगतै प्रचार विभाग प्रमुखसमेत भइन्।

उनी नियमितजसाे शीर्ष भेटवार्तामा दाइ किम जोङ-उनसँगै हुन्छिन्। दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इन र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटघाटमा पनि उनी देखिएकी थिइन्।

प्रकाशित मिति: : 2021-12-20 08:37:00

प्रतिकृया दिनुहोस्