भारतमा दुई युनियन टेरिटोरी र ११ राज्यका १२६ जनामा देखियाे ओमिक्राेन

भारतमा पछिल्लो २४ घन्टामा १३ जनामा कोभिडको नयाँ भाइरस ओमिक्रोन देखिएकाे छ।

कर्नाटक र  महाराष्ट्रका ६–६ जनामा र केरलाका चार जनामा ओमिक्रोन संक्रमण देखिएको हो। यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२६ पुगेको छ। अहिलेसम्म दुई युनियन टेरिटोरी र ११ राज्यमा नयाँ भेरियन्ट देखिएको छ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार महाराष्ट्रमा ४३,  दिल्लीमा २२, राजस्थानमा १७, कर्नाटकमा १४ र तेलंगनामा आठ, गुज्रातमा सात  र केरलामा ११ जनामा ओमिक्रोन देखिएको छ। त्यस्तै, आन्ध्र प्रदेश, चन्डीगढ, तमिल नाड्डु र पश्चिम वंगालमा एक एक जनामा नयाँ भेरियन्ट देखिएको छ। 

कर्नाटकमा संक्रमित ६ मध्ये एक जना बेलायतबाट आएका व्यक्तिमा देखिएको हो। संक्रमित सबै जनालाई आइसोलनमा छन्। 
 

प्रकाशित मिति: : 2021-12-19 13:50:00

प्रतिकृया दिनुहोस्