नेपाली कांग्रेसको खस-आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित भएका छन्।
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार सकिएको मतगणनामा खस-आर्यतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहका राठौर निर्वाचित भएका हुन्।
देउवा समूहका राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई पराजित गरेका हुन्।
राठौर २५७६ मत ल्याएका छन् भने देवराज चालिसे २०५९ मत ल्याएका छन्।