म्यान्मारको सैन्य 'जुन्ता'ले गत फेब्रुअरीमा निर्वाचित सरकारलाई सत्ताबाट हटाएको अप्रजातान्त्रिक कदमको विरोध गरिरहेको ‘नेशनल लिग फर डेमोक्रेसी’ सहितका विपक्षी दलहरूको ठूलो समूहले शुक्रबार ‘मौन हड्ताल’ गरेको छ।
हड्तालका कारण देशभरका शहर र सडक खाली देखिन्थें। एक स्थानीय निगरानी समूहका अनुसार फेब्रुअरी विद्रोहदेखि दक्षिणपूर्वी एसियाली राष्ट्रमा गोलमाल मच्चिरहेको छ। अर्थतन्त्र टाट पल्टेको छ भने एक हजार तीन सयभन्दा बढी मानिसहरू सुरक्षा बलद्वारा मारिएका छन्।
हड्तालका कारण म्यान्मारको व्यावसायिक केन्द्र याङ्गून शहरका सडकहरू उजाड थिए। सडक विक्रेताहरू वा पसलहरू स्वतस्फुर्त बन्द भएका बताएका छन्। बौद्ध धर्मावलम्बीहरू अक्सर आगन्तुक तथा तीर्थयात्रीहरूले भरिनेगरेको प्रसिद्ध श्वेडागोन प्यागोडा गुम्बामा खासै चहलपहल नदेखिएको रेस्टुरेन्ट, पसल र मुख्य बजार सबै बन्द भएका दोस्रो शहर मन्डलेका बासिन्दाले एजेन्सीसँग नाम उल्लेख नगर्ने शर्तमा बताए।
बिहानैदेखि सडकमा स्थानीयले ओहोर दोहोर नगरेको बताइएको छ। स्थानीय सञ्चार माध्यमका चित्रहरूले दक्षिणपूर्वी शहर मौलामाइन र उत्तरी सागाङ क्षेत्रका शहरहरूमा पनि सडकहरू खाली देखाएका छन्।
रंगुनस्थित अमेरिकी दूतावासले जमघट वा विरोधप्रदर्शनविरुद्ध सुरक्षा फौजद्वारा हिंसाको बढ्दो जोखिमलाई उद्धृत गर्दै आफ्ना नागरिकहरूलाई शुक्रबार सडकमा नबस्न सल्लाह दिएको थियो। स्थानीय समयअनुसार अपरान्ह् ४ बजे रंगुन र छिमेकी शहरहरूमा हडतालको अन्त्य भएको घोषणा सामूहिक रूपमा ताली बजाएर गरेका छन्।