लोकतान्त्रिक शासन पद्धतिको मान्यताअनुसार महाधिवेशन गरेकोमा ओलीलाई बधाई : प्रधानमन्त्री देउवा [भिडियाे]

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले स्थापित गरेको विधिबाट सबै विवाद हल गरेर अघि बढ्नुपर्ने बताएका छन्।

एमाले महाधिवेशनको उद्घाटन समारोहलाई नारायणी नदीकिनारमा सम्बोधन गर्दै उनले संवादको लागि आग्रह गरेका हुन्।

लोकतान्त्रिक शासन पद्धतिको मान्यताअनुसार महाधिवेशन गरेकोमा ओलीलाई बधाई दिँदै उनले भने, ‘मतभेद भएकाले अलग अलग दलमा आबद्ध छौँ। देश र जनतासँग जोडिएका समस्या हल गर्न निरन्तर छलफल र सहकार्य आवश्यक छ। संविधानको विधिअनुुसार विवाद हल गर्ने विधिलाई सबैले स्वीकार्नुपर्दछ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जेलमा बसेका क्षणको स्मरण गर्दै उनले भने, ‘ओलीजी लगायत हामी सबै जेलका साथी हौँ। हामीले सबै भोगेका हौँ। हामीले भोगेका दुःख सम्झेर भोलि जनताले दुःख नपाउन् भनेर काम गर्नुपर्छ।’

एमालेसँग थिति बसाउन सहयोग माग्दै उनले भने,  ‘कोभिडको सामना गर्न सबैको साथले सफलता हासिल गर्दछ। सबैको सहयोगबाट देश र जनताका समस्याको हल गर्नुपर्छ।’

प्रकाशित मिति: : 2021-11-26 14:50:00

प्रतिकृया दिनुहोस्