एमाले महाधिवेशनमा सहभागी हुन गएको जनसागरका कारण भरतपुरको सौराहादेखि नारायणघाटसम्मै सडक जाम भएको छ।
गाडी जाम भएपछि हजारौं एमाले नेता, कार्यकर्ता र प्रतिनिधि सौराहाबाटै हिँडेर नारायणी किनार पुगेका छन्। सवारी चाप बढेपछि सो क्षेत्रमा सडक जाम भएको हो।
जाम भएपछि नेता कार्यकर्ताहरु १२ किलोमीटर दूरी हिँडेरै उद्घाटन स्थलतर्फ पुग्नुपर्ने बाध्यता आएको छ।