फरक मान्यता र परिवेशले एमाले र माओवादी अलग्गिएको हो : लीलामणि पोखेरल [भिडियाे]

माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले केही फरक मान्यता र परिवेशले माओवादी केन्द्र र एमाले अलग हुन पुगेको बताएका छन्।

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले तत्कालीन नेकपामा रहँदा देखिएका फरक मान्यता र परिवेशले माओवादी र एमाले अलग हुन पुगेका बताए।

राजनीतिक दलहरूको एकताले मुलुकमा निरंकुश राजतन्त्र अन्त्य भएको स्मरण गराउँदै उनले नेपाल कम्युनिष्ट आन्दोलनमा जनताको विश्वास रहेको भए पनि नेताहरूमा भएका संकीर्णताले असर गरेको बताए।

एउटै दलले मुलुकको विकास र समृद्धि गर्ने नसक्ने भन्दै उनले एकता, सहकार्यको नीतिले समाजवादी क्रान्तिले मुलुकको अवस्था परिवर्तन गर्ने बताए।

कम्युनिष्ट पार्टीको एकता आवश्यक रहेको भन्दै उनले अहिले नयाँ चुनौती र सम्भावना रहेको र महाधिवेशनमा सहभागी भएका नेताहरूले मनन गर्ने विश्वास व्यक्त गरे।

उनले एमाले महाधिवेशन र महाधिवेशनबाट चुनिने नेतृत्वको सफलताको शुभकामना दिए।

प्रकाशित मिति: : 2021-11-26 14:33:00

प्रतिकृया दिनुहोस्