प्रचण्डकाे आरोप- केपी ओली संघीयता, मधेसी जनता र पहिचान विरोधी खलनायक हुन् 

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी ओली मधेसी जनताविरोधी खलनायक भएको आरोप लगाएका छन्।

अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले महन्थ ठाकुर र राजेन्द्र महतो खलनायक ओलीको पछाडि लाग्दा मधेसी जनताले स्पष्ट हुने मौका पाएको बताए। महन्थ र राजेन्द्रको नेगेटिभ रोलले माओवादीलाई फाइदा पुगेको उनको तर्क थियो।

'अहिले मधेसमा माओवादीको पक्षमा लहर आउँदैछ। जनता क्लियर छन्। हजारौँ हजार उर्लिएर आउने अवस्था देखिएको छ। यसमा हाम्रो पोजेटिभ भूमिका छ। तर नेगेटिभ रोल पनि कम छैन। त्यसैले राजेन्द्र महन्थजीलाई धन्यवाद भनेको छु। तपाईहरुले केपी ओलीको अगाडि आत्मसमर्पण गरेर माओवादीलाई ठूलो गुन लाउनुभयो,' उनले भने।

नेपालमा संघीयता विरोधी, मधेसी जनता र पहिचान विरोधी खलनायक कोही छ भने एक नम्बर खलनायक केपी ओली हो भन्ने जनताले बुझेको दाहालको तर्क छ।

'मसिहा हु भन्ने नेताहरुले उसैका अगाडि आत्मसमर्पण गरिदिए र जनतालाई छ्यास हुन मद्दत गर्‍यो,' उनले भने, 'अहिले त्यसरी नेगेटिभ र पोजेटिभ मिल्न गएको छ। देशभरी पनि मिल्न गएको छ। पहाडमा पनि हिमालतिर पनि। मधेसीलाई ठग्ने मधेसी दलाल हुन्। पहाडीलाई ठग्ने पहाडी दलाल हुन्। दलालविरुद्ध लड्नुपर्छ।'  

प्रकाशित मिति: : 2021-11-23 16:54:00

प्रतिकृया दिनुहोस्